close

साताभर देशमा मौसम सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने

साताभर देशमा मौसम सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । 

महाशाखाले बुधबार सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । 

महाशाखाले कुनै प्रदेशमा सामान्य र कुनैमा भारी वर्षको सम्भावना रहेको जानकारी दिएको छ । 

साताको सुरु तथा मध्यमा हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको साप्ताहिक मौसमी बुलेटिनमा उल्लेख छ । साताको सुरुमा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षा र साताको अन्त्यमा हिमाली, पहाडी र तराईका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

पहाडी र तराई मधेसको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना पनि छ । तर हिमाली भागको अधिकतम तापक्रम र न्यूनतम तापक्रममा भने उल्लेखनीय परिवर्तन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।