close

२५० बोरा अफिम सिड बरामद

२५० बोरा अफिम सिड बरामद

Trulli
ADVERTISEMENT

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना अफिम सिड नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जबाट जमुनहा नाका हुँदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२  भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान  नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सो कन्टेनरमा २५ किलोको २५० बोरा अफिम सिड पोष्टर दाना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  । 

पोष्टर दाना अफिमको बिउ रहेको र यो लागूऔषधको रुपमा नभए पनि बजार मूल्य २५ केजीको प्रति बोराको करिब ५० हजार पर्ने प्रहरीले जनाएको छ ।