close

मोरङको रंगेलीमा युवतीको शव फेला

मोरङको रंगेलीमा युवतीको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं ।  मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोमा एक युवतीको शव फेला परेको छ ।

मोरङ प्रहरी कार्यालय प्रहरी कार्यालयका अनुसार सोमबार बिहान अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको हो । युवतीको शव फेला परेपछि स्थानीयले खबर गरेको प्रहरीको भनाइ छ । 

मृतकको पहिचान हुन नसकेको, तर पोस्टमार्टमका लागि रङ्गेली अस्पताल प्रहरीले जानकारी दिएको छ । 

रतुवमाई नगरपालिकाका प्रमुख श्री नागेश्वरप्रसाद सिंहले बेवारिसे अवस्थामा शव भेटिएको बताए । शव पोस्टमार्टमका लागि लगिएको बताउँदै रिपोर्ट आउन बाँकी रहेको नगरप्रमुख सिंहले जानकारी दिए ।