close

मंगलसेनमा अनिस्चितकालीन कर्फ्यू

मंगलसेनमा अनिस्चितकालीन कर्फ्यू

Trulli
ADVERTISEMENT

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले मंगलसेन बजामार अनिस्चित कालका लागु निषेतधाज्ञा जारी गरेको छ । 

पञ्चदेवल विनायक नगरपालिका- ४ का विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषण गरेको हो । 

मंगलसेन दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा  गरिएको जिल्ला प्रशासन कार्यलय अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले पालिका खबरलाई जानकारी दिए । 

यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  मृतक विनोद शाहीको न्यायको लागि भन्दै सोमबार ५ दलीय गठनबन्धनले गरेको आन्दोलनले उग्र रुप लिँदा १३ सुरक्षाकर्मी घाइते भएका थिए ।