close

तुइन चुँडिदा महाकालीमा एक जना बेपत्ता

तुइन चुँडिदा महाकालीमा एक जना बेपत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन चुडिँदा एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्कने बेला तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको (ठेसो) खम्बा टुटेर स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष  धिरनसिंह बुढाथोकीले पालिका खबरलाई बताए । 

उनका अनुसार उक्त तुइन नेपालतिर रुखमा र भारततिर काठको खम्बामा बाधिँएको थियो । आज साढे ३ बजेतिर भारततर्फको तुइनको खम्बा भाचिर किशोर बेपत्ता भएको हो । उनले पालिका खबरसँग भने 'म पनि आजै त्यही तुइन तरेर आएको हुँ, म धन्न बाँचेछु ।'

भारत उत्तराखण्ड राज्यको धारचुला तहसिलअन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने किशोर बेपत्ता भएका हुन् । बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन् ।