close

हर्दीका विपन्न परिवारको दिगो व्यवस्थापन गरिने नगर प्रमुखको प्रतिवद्धता

हर्दीका विपन्न परिवारको दिगो व्यवस्थापन गरिने नगर प्रमुखको प्रतिवद्धता

Trulli
ADVERTISEMENT

चितवन । राप्ती नगरपालिका वडा नम्बर ६ हर्दीमा रहेको अव्यवस्थित वसोवासलाइ नगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । 

हर्दीको भित्री क्षेत्रमा बसोवास गरिरहेका सुकुम्वासी परिवारलाइ दशैंअघि नै व्यवस्थापन गरिने नगर प्रमुख शमशेर लामाले बताएका छन् ।

सुकुम्वासी परिवारलाइ अन्यत्र सार्ने वा अर्को विकल्प खोज्ने भन्ने बिषयमा नगरपालिकाले छिट्टै निर्णय गरेर काम सुरु गर्ने लामाले बताए ।

हर्दिको तत्कालिन मुख्य सडकमा अहिले ३५ परिवार बसोवास गरिरहेका छन् । ३५ मध्ये २९ परिवारको बिषयमा नगरपालिकाले तत्काल निर्णय गर्नुपर्ने भएको उनले बताए ।

बुधवार हर्दीका सुकुम्वासी महिलाहरुले नगर प्रमुख र उपप्रमुखसँग छुट्टा-छुट्टै छलफल गरेका थिए । 

सो छलफलमा उपप्रमुख देवेन्द्र लामाले नगरभित्र कोही पनि घरविहीन नहुने भन्दै छिट्टै वैकल्पिक व्यवस्था गरिने बताए ।

प्रमुख उपप्रमुखसँगको भेटमा स्थानीय महिलाहरुले बिगतमा पनि नगरपालिकाले विभिन्न आश्वासन मात्र दिएको र चुनावमा भोटको लागि आफूहरुलाई प्रयोग गरिएको गुनासो गरेका थिए ।

स्थानीय महिलासँगको छलफलमा नगर प्रमुख लामाले विपन्न परिवारको लागि दिगो विकल्प खोजिएको र त्यसको कार्यन्वयन हुने  प्रतिवद्धता जनाएका छन् ।