close

काठमाडौंमा स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौंमा स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक ४५ वर्षीय दीपक केसीको मृत्यु भएको छ । 

साँखुबाट इन्द्रायणीतर्फ जाँदै गरेको केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

त्यस्तै, सानो भर्‍याङमा गएराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी  छन् । 

वनस्थलीबाट स्वयम्भुतर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराति सवा २ बजे अनियन्त्रित भई सडक डिभाइडरमा ठोकिएको थियो ।