close

बुढीगंगामा ३७.३६ प्रतिशत मत खस्यो

बुढीगंगामा ३७.३६ प्रतिशत मत खस्यो

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएर पुन: मतदान आज जारी छ । पछिल्लो अपडेट अनुसार ३७.३६ प्रतिशत मत खसेको छ ।  

निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य भइरहेकाे मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन । घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको यस पालिकामा हरेक मतदान स्थलमा सिनियर अफिसरको कमाण्डमा तीन तहका सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पालिका खबरलाई बताए ।  

१० वडा रहेको यस नगरपालिका १२ हजार ६५९ मतदाता छन् ।