close

त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप

त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनमा आज पनि तनाव सिर्जना भएको छ। 

बुढीगंगा-९  त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बिहीबार दिउँसो १२ बजेतिर केन्द्रमा तनाव सिर्जना भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले पालिका खबरलाई बताए । 

प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही हवाई फायर पनि गरेको छ । अहिले प्रहरीले उक्त तनावलाई नियन्त्रणमा लिइसकेको छ । अहिले निर्वाचन पुन: सुरू भइसकेको विष्टले बताए ।

झडप हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापा छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सूर्यबहादुर थापाका अनुसार घाइते दुवैकाे अवस्था सामान्य रहेकाे छ । झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । 

गत वैशाख ३० मा स्थानीय चुनावमा पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि पुन: निर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार १९ मतदान केन्द्रमा आज मतदान जारी छ ।