close

गाडीमा लेखिएका अश्लिल सायरी र गजल हटाउँदै ट्राफिक

गाडीमा लेखिएका अश्लिल सायरी र गजल हटाउँदै ट्राफिक

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सवारीसाधनमा लेखिएको अश्लिल र अपाच्य लाग्ने सायरी तथा गजल हटाउने अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले सवारीसाधनमा कानूनविपरीत तथा सामाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ रलेखहरूलाई हटाउने अभियान सुरु गरेको हो ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता लेखहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि सो अभियान सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता बाल नरसिंह राणाले बताए ।

त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।