close

वडा सदस्यले गरिन् आत्महत्या

वडा सदस्यले गरिन् आत्महत्या

Trulli
ADVERTISEMENT

खोटाङ । रावा बेसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्माले आत्महत्या गरेकी छन् । 

मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि माइती घर पुगेकी ३० वर्षीया मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको रावा बेसी-३ का वडाध्यक्ष विरेन्द्र मगरले पालिका खबरलाई जानकारी दिए ।

स्थानीय स्वास्थ्यकर्मीका अनुसार एन्जाइटीको समस्या भएको कारण उनले आत्महत्या गरेको देखिन्छ । स्थानीय स्वास्थ्यकर्मीलाई उद्धृत गरी वडाध्यक्षले भने अनुसार एन्जाइटीबाट पीडित मृतक विकले घरमा भएका महँगो घर गहना सबै छोरीलाई एक हप्ता अघि नै जिम्मा दिएसकेकी थिइन् ।  

विगत लामो समयदेखि नै आत्महत्याको योजना बनाएको मृत्यु भइसकेपछि खुलेको वडाध्यक्ष मगरले बताए । उनले भने,'समयमा हामीले थाहा पाएको साइक्लोजिस्टसँग परामर्श गरेर बचाउन सकिनथ्यो होला तर, दु:खद् घटना भइसकेपछि मात्र हामीले यसबारे जानकारी पायौं ।'

हजुरबाको मरण भएको कान्छा काकाको घरमा बुधबार राति बुबाआमा गएपछि मेनुजा र दुई छोरीसहित माइतीमै सुतेका थिए । श्रीमान भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा गएको भदौमा दुबई गएपछि उनी दुई छोरीसहित घर सम्हाल्दै आएकी थिइन् । 

स्नातक तह उत्तिर्ण उनी कांग्रेसका वडासभापति पनि हुन् ।