close

अब बलात्कार मुद्दाको हद म्याद २ वर्ष

अब बलात्कार मुद्दाको हद म्याद २ वर्ष

Trulli
ADVERTISEMENT

काठमाडौं । बलात्कार मुद्दाको हदम्याद बढाउन सहमति जुटेको छ । कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति जुटाएको हो ।

यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो। मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर बढाउन लागिएको हो। 

यसैगरी अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । 

एक युवतीले आफूमाथि ८ वर्षअघि बलात्कार भएको घटना सार्वजनिक गरेपछि अहिदे हदम्यादबारे संसद र सडकमा चर्चा छ।