close

इमाडोल र ठमेलमा गरी दुई महिला बलात्कृत

इमाडोल र ठमेलमा गरी दुई महिला बलात्कृत

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाकाो छुट्टाछुट्टै स्थानमा दुई महिला बलात्कृत भएका छन् । 

ललितपुरको इमाडोलमा एक २४ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-४ इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका-५ घर भएका ३५ वर्षीय इलिभास मिया  छन्।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका-१ गोदामचौरबाट पक्राउ गरेको हो। 

त्यस्तै, एक ठमेलमा २६ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा ३२ वर्षीय युवक पक्राउ परेका छन्। धादिङ निलकण्ठ नगरपालिका-१४ घर भई हाल काठमाडौँ सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई प्रहरीले पक्रउ गरेको हो। 

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।