close

२ विधेयक प्रमाणीकरण

२ विधेयक प्रमाणीकरण

Trulli
ADVERTISEMENT

बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् । 

सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा उक्त दुई विधेयक पेश भएका थिए । 

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दुई विधेयक आज प्रमाणीकरण गरेकी हुन् ।