close

राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने ३ जनालाई कैद र जरिवाना

राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने ३ जनालाई कैद र जरिवाना

Trulli
ADVERTISEMENT

सुर्खेत । जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हाे।

साथै अदालतले याैन दुर्व्यवहार भएकाे हाेटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना ताेकेकाे छ।

जिल्लाकाे गुर्भाकाेट नगरपालिका-९ बाेटेचाैरकाे शुभकामना हाेटलमा २०७८ जेठ २१ गते राति राउटे युवतीमाथि याैन हिंसा भएकाे थियाे।