close

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ४२ जना घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ४२ जना घाइते

Trulli
ADVERTISEMENT

संखुवासभा ।  चैनपुर नगरपालिका– १० दुम्कटामा मलामी बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो मृतकको दाहसंस्कार गरिसकेपछि मलामी बोकेर फर्किएको ट्याक्टर दुम्कटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले पालिका खबरलाई जानकारी दिए ।  

प्रहरी इन्स्पेक्टर तथा प्रवक्ता खनालका अनुसार शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गंगाबहादुर तामाङ र केशव कार्कीको मृत्यु भएको हो । 

घाइतेलाई तुम्लिङटारस्थित मनकामना अस्पताल १५ जना र जिल्ला अस्पताल खाँदबारीमा २३ जनाको उपचार भइरहेको छ ।

साथै अन्य ४ जना घाइतेलाई थप उपचारका लागि गोफा क्याम्प धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।