close

खप्तड छेडेदह-६ का ३७ घर पहिरोको जोखिममा

खप्तड छेडेदह-६ का ३७ घर पहिरोको जोखिममा

Trulli
ADVERTISEMENT

बाजुरा । खप्तड छेडेदह गाउँपालिका-६ का ३७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

बिहीबार राति आएको अविरल वर्षाका कारण पहिरो गएको हो । पहिरोले जादा सो वडाको सुदाडा बिरखेत, खरिपातल र नाइनाका दलित बस्ती स्थानीयको खेतीयोग्य जमिन कटान गरेको र पहिरो गाउँ सम्मै पुग्दा घर समेत जोखिममा परेको वडा अध्यक्ष हर्क बहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार सुदाडाको र नाइनाको दलित बस्ती बढी जोखिममा छ । घर अगाडि पहिरो गएपछि त्यहाँका स्थानीय निकै त्रसित भएका छन् । त्रासले घर छोडेर लेकतिर बसाइ सारेको स्थानीयले बताएका छन । करिव २०० घरधुरी बसोबास गर्दै आएको उक्त बस्ती पहिलादेखि नै पहिरोको उच्च जोखिमा थियो । 

तत्कालै बस्ती स्थानान्तरण गर्नुपर्ने वडाअध्यक्ष बिष्टले बताए । सो पहिरोका कारण बडिमालिका नगरपालिका-१ का दुई वटा घर पनि जोखिममा रहेको ६ नम्बर वडाका बाल संजालका अध्यक्ष बिरेन्द्र बिष्टले बताएका छन् ।

तत्काललाई उच्च जोखिममा रहेका बाढी पिडितहरूलाई वडाको तर्फबाट राहत तरण गर्ने तयारी भइरहेको वडा अध्यक्ष बिष्टले बताए ।