close

एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्यः मेयर रेनु दाहाल

एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्यः मेयर रेनु दाहाल

Trulli
ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छन् ।

इदुल अज्हा बकर इदको अवसरमा आज (आइतबार) भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा नगरप्रमुख दाहालले यस्तो बताएकी हुन् ।

विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बीलाई शासन गर्ने परिपाटी भए पनि अहिले त्यो अन्त्य भएको उल्लेख गरिन् ।

यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको संघीय गणतन्त्रको सुन्दर पक्ष रहेको दाहालले बताइन् ।

धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै देशमा धर्मावलम्बीबीच धार्मिक सहिष्णुता कामय भई भाईचारको सम्बन्ध स्थापित भएको दाहालको भनाइ छ ।

प्रमुख दाहालले सबैले आफ्नो भाषा, संस्कृति, रितिरिवाजलाई स्वतन्त्र ढङगबाट मान्न पाउनुपर्नेमा जोड दिइन् ।

भरतपुर महानगरपालिकाले मुस्लिम समुदायको अध्ययन र पूजा पाठको लागि मदरसा र मस्जित निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्दै आइरहेको दाहाले बताइन् ।