close

विद्युत् गृह भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु

विद्युत् गृह भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

जुम्ला । हिमा गाउँपालिका- १ आचार्यलिहीमा विद्युत् गृह भत्किँदा तीन जनाको ज्यान गएको छ । 

घटनामा विद्युत गृहका चौकीदार गोरखकबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको प्रहरीले जनाको छ । 

प्रहरीका अनुसार भित्रीखोला जलविद्युत् आयोजनाको पावर हाउस भत्किँदा आज बिहान करिब साढे २ बजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनीहरू तीनै जना पावर हाउसभित्र सुतिरहेका थिए । गोरख भने काम विशेषले बाहिर गएका थिए ।

पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो ।