close

जिरी नगरपालिका-३ मालीका २० घर पहिरोको उच्च जोखिममा

जिरी नगरपालिका-३ मालीका २० घर पहिरोको उच्च जोखिममा

Trulli
ADVERTISEMENT

दोलखा । पहिरोको उच्च जोखिममा परेको दोलखाको जिरी नगरपालिका-३ मालीका दुई वटा बस्ती सार्ने प्रस्ताव गरिएको छ ।

असार २९ गते गएको पहिरोका कारण तल्लो खरायो वनका १२ र माथिल्लो खरायो वनका ८ घर जोखिममा परेका नगरपालिकाले जनाएको छ । जिरी नगरपालिकाको विपद्‌ व्यवस्थापन समितिको शनिबार बसेको बैठकमा बस्ती सार्ने प्रस्ताव गरेका हुन्‌ । 

अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका २ बस्तीलाई सुरक्षित स्थानमा सार्ने विषयमा नगरपालिकाको विपद्‌ व्यवस्थापन समितिमा छलफल भएको हो । 

बैठकमा पहिरो प्रभावित खरायोवनको बस्तीलाई सुर्योदय प्रावि वा कुथामेडाँडामा सार्ने विषपमा छलफल भएको जिरी नगरपालिकाका नगरप्रमुख मित्रबहादुर जिरेलले जानकारी दिए । 

विपद्‌ व्यवस्थापन समितिको बैठकमा जिरी नगरपालिका-३ का वडाध्यक्ष खेटराज घिमिरेले पहिरोका कारण खरायो वन, दोभान लगायतका बस्तीहरू उच्च जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा सार्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । 

पहिरोबाट विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा अस्थायी आवास निर्माणका लागि जस्तालगायत निर्माण सामाग्री सहयोग गर्न आवश्यक रहेको बताए ।