close

कोरोना संक्रमित कैदीबन्दीको संख्या ५४ पुग्यो

कोरोना संक्रमित कैदीबन्दीको संख्या ५४ पुग्यो

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगरस्थित जिल्ला कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५४ पुगेको छ ।

गत बिहीबार १९ जना कैदीबन्दीमा उच्च ज्वरो देखिएपछि उपचारका लागि कोसी अस्पताल भर्ना गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछि थप ३ जनामा कोरोनाजस्तो लक्षण देखिएपछि उनीहरूको पनि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकमो थियो । 

त्यसपछि पछिल्लो पटक ४८ जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । प्रजिअ दाहालका अनुसार ५४ मध्ये २२ जनाको कोसी अस्पतालमा उपचार भइरहेको छ भने अन्य संक्रमितलाई कारागार आइसोलेसनमा राखिएको प्रजिअ दाहालले पालिका खबरलाई बताए । 

करिब ३०० जनाको क्षमता भएको कारागारमा हाल ९२८ जना कैदीबन्दी छन् ।