close

फिदिम प्रमुखद्वारा तलब र भत्ता बापतको रकम विपन्नलाई हस्तान्तरण

फिदिम प्रमुखद्वारा तलब र भत्ता बापतको रकम विपन्नलाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

काठमाडौं । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले मासिक तलब र भत्ता बापतको रकम फिदिमका युवाद्वारा सञ्चालित 'हुनेले दिने, नहुनेले लिने अभियान'लाई हस्तान्तरण गरेका छन् ।

उनले पहिलो एक महिनाको तलब भत्ताबापत प्राप्त रकम फिदिम ४ मा सञ्चालित जागृति आधारभूत विद्यालयको आवासमा बसोबास गर्ने छात्रछात्राका लागि लुगा धुने वासिङ मेसिन खरिद र अर्को एक महिनाको रकम हस्तान्तरण गरेका हुन् । 

काफ्लेले जागृति आधारभूत विद्यालयमा वासिङ मेसिन किन्न प्रधानाध्यापक डिल्ली लुइँटेलमार्फत् ३५ हजार र विपन्न नागरिकलाई सहयोग गर्दै आएको हेल्प टुगेदरका पदाधिकारीमार्फत ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

जागृति आविमा नगरक्षेत्रका विपन्न समुदायका ३० जना छात्रछात्रा अध्ययनरत छन् भने हेल्प टुगेदरमा आबद्व युवाहरुले विपन्न समुदायका नागरिकको आवश्यकता पहिचान गरी खाद्यान्न र लत्ताकपडा उपलब्ध गराउँदै आएको छ ।

उम्मेदवारी घोषणाका क्रममा काफ्लेले जनप्रतिनिधिले प्राप्त गरेको तलब भत्ताबापतको रकम विपन्न,असहाय र असक्तसँगै अपांगता भएका नागरिकको सहयोगमा खर्च गर्ने प्रतिबद्वता जनाएका थिए ।