close

बाढीले नाग्म–गमगढी सडक अवरुद्ध

बाढीले नाग्म–गमगढी सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

जुम्ला । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तर वर्षात‍्ले बाढी आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो । 

२ नम्बर वडाध्यक्ष तिर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन । सवारी साधन खोला वारी र पारी रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । 

यस घटनाका विषयमा प्रहरी प्रशासन सवैलाई खबर गरिएको उनले बताए । उनका अनुसार बाढीले धान खेत पनि पुरिएका छन् । 

यस्तै, सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि मानिससहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो । बाढीले हिमा नदीको बहाव बढेपछि काठेपुल पनि बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।