close

ललितपुर नगर प्रहरीलाई ५ वटा विद्युतीय स्कुटर वितरण

ललितपुर नगर प्रहरीलाई ५ वटा विद्युतीय स्कुटर वितरण

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई ५ वटा विद्युतीय स्कुटर वितरण गरेको छ । बिहीबार आयोजित एक समारोहका बीच नगर प्रहरीलाई स्कुटर वितरण गरिएको हो । 

महानगरभित्र रहेका सानागल्लीमा गाडी जाने अवस्था नरहेको र सेवामा ढिलाइ भएको गुनासो आएकोले सो समस्या समाधानका लागि नगर प्रहरीलाई विद्युतीय स्कुटर प्रदान गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले स्थानीयको सुरक्षा गर्ने टिम नगर प्रहरी रहेकोले जनताको समस्यालाई 'क्विक रेस्पोन्स' गर्नको लागि स्कुटर वितरण गरेको बताए । उनले महानगरपालिकाको ११३१ मा फोन आउने वित्तिकै नगर प्रहरी सहयोगको लागि तत्काल सेवामा लाग्ने भएकोले तीव्रता आउने विश्वास व्यक्त गरे । 

‘हाम्रो जनतालाई चाँडै सहयोग गर्ने टिम भनेको नगर प्रहरी फोर्स हो ।' उनले भने, ‘समाजको सुरक्षा र  परिवर्तनको लागि ती फोर्सलाई स्कुटर प्रदान गरेका हौँ ।’

नगरप्रहरी प्रमुख सिताराम हाछेथुले मुलुकमै पहिलो पटक नगर प्रहरीलाई स्कुटर प्रदान गरुको बताए । उनले जनताको तत्काल सहयोग गर्ने नगर प्रहरी भएकोले उक्त सहयोग गरेको सुनाए । स्कुटर पाएसँगै आफ्नो टिमको सेवा छिटो र छरिटो गर्न सक्ने उनले बताए ।