close

पार्किङ व्यवस्थापनको काम भइरहेको छ: मेयर बालेन

पार्किङ व्यवस्थापनको काम भइरहेको छ: मेयर बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह 'बालेन'ले सवारी दुर्घटनाको मुख्य कारण जनचेतनाको कमी भएको बताएका छन् ।

दुर्घटना न्यूनिकरणको लागि ट्राफिक नियम, ट्राफिक लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्ने मेयर बालेनले बताए ।

मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक सांस्कृतिक कार्यक्रममा उनले दुर्घटना हटाउन जनचेतना जगाउनु पर्ने बताएका हुन् ।

दुर्घटना न्यूनिकरणको लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उनले बताए । 

साथै उनले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको जानकारी दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्यले प्रहरी र महानगरपालिकाले आआफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताए ।

उनले विगतमा महानरगपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।