close

गाडी दुर्घटना हुँदा नेचासल्यानका अध्यक्ष राई घाइते

गाडी दुर्घटना हुँदा नेचासल्यानका अध्यक्ष राई घाइते

Trulli
ADVERTISEMENT

उदयपुर । सोलुखुम्बुको नेचासल्यान गाउपालिका अध्यक्ष धनजन राई सवार बलेरो दुर्घटनामा हुँदा गाउँपालिका अध्यक्ष भनजन राई घाइते भएका छन् । 

झपाबाट सोलुखुम्बु आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८०५८ नम्बरको बोलेरो आईतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका-७ चिसापानीमा ब्रेक फेल भई पल्टिएको थियो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लबुनलाईका अनुसार अध्यक्ष सवार गाडी भाडाको गाडी रहेको र पानी र्दा ब्रेकले काम नगर्ने खालको थियो । पानी परेको हुँदा ब्रेकले काम नगरेको हुनसक्ने उनको भनाइ छ । 

 अध्यक्ष राइको उपचार जिल्ला अस्पताल उदयपुरमा भइरहेको छ ।