close

तिला पालिकामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी ​​​​​​

तिला पालिकामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । जुम्लाको तिला गाउँपालिका–४ नुवाकोट गाउँमा  जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । जंगली च्याउ खाँदा विष्णु हमालको परिवारका पाँच जना बिरामी भएका हुन् ।

जंगलबाट कुन प्रजातिको च्याउ ल्याएर खाए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमाल छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार हमाल परिवारले आइतबार साँझ जंगली च्याउको तरकारी पकाएर खाएका थिए ।

अहिले उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।