close

भीमसेन थापाको जन्मस्थल बोर्लाङमा यसरी मनाइयो २४८औँ भीमसेन थापा जन्मजयन्ति

भीमसेन थापाको जन्मस्थल बोर्लाङमा यसरी मनाइयो २४८औँ भीमसेन थापा जन्मजयन्ति

Trulli
गाउँपालिकाको पेजबाट
ADVERTISEMENT

काठमाडौं ।  भीमसेन थापाकाे जन्मस्थल बोर्लाङमा २४८औँ भीमसेन थापा जन्मजयन्ति मनाइएको छ ।

भीमसेन थापा गाउँपालिका र भीमसेन थापा स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भीमसेन थापाको २४८ औँ जन्मजयन्ति मनाइएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर केसीले जानकारी दिए । 

‘थापाको जन्मस्थल बोर्लाङस्थित हवेली (घर)मा उहाँको तस्वीरमा माल्यार्पण तथा अवीर लगाएर बाजागाजासहित भीमसेन थापाको जन्मजयन्ति मनाइएको छ,’ उनले भने ।

कार्यक्रममा भीमसेन थापाका सन्तति तथा स्मृति प्रतिष्ठानका सल्लाहकार कृष्णजंग थापाको मुख्य भूमिका रहेको जानकारी दिँदै भने, ‘कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,विभिन्न संघ संस्था, आमा समूहलगायत गाउँका गन्यमान्यलगायतको बाक्लो उपस्थिति थियो ।’

अहिले भीमसेन थापाको शालिक निर्माण कार्य भएको, तर अनावरण हुन बाँकी रहेको जानकारी दिँदै भीमसेन थापाको हवेली (घर)मा पार्कको डिजाइन भइरहेको उनले जानकारी दिए । 

‘अहिले भीमसेन थापाको हवेली (घर) जाने जाने बाटो तथा गेट निर्माण कार्य भइरहेको छ,’ उनले  भने । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रतिष्ठानका विभिन्न पदाधिकारीको मन्तव्य सो ठाउँको जग्गा प्राप्तिलगायत एकीकृत विकासमा केन्द्रित रहेको उनले बताए ।

भीमसेन थापा नेपालको पहिलो प्रधानमन्त्री हुन् । ३१ वर्ष प्रधानमन्त्री बनेका थापाले सामाजिक तथा प्रशासनिक क्षेत्रमा तथा राष्ट्रिय स्वाभिमानमा अतुलनीय योगदन दिएका छन् । 

थापाको शासनकालमा नेपालको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो ।

उनले त्यतिखेर कमरा कमारी राख्न नपाउने, नेवारहरूको चाडमा खर्चको सिमा तोक्ने, नापतौल सुधार र व्याजदर निर्धारण, हुलाकको व्यवस्था, विवाह प्रथामा सुधार, जग्गाको वर्गीकरणजस्ता सामाजिक सुधारका कार्य गरेका थिए । 

त्यस्तै, घूस लिन नपाउने, राहदानी वितरणको व्यवस्था, सेना, जर्नेल, कर्नेल क्याप्टेनजस्ता पदको सिर्जना, सेना, प्रहरीलाई आधुनिक प्रशिक्षण दिने व्यवस्था, छाउनी र ब्यारेकको व्यवस्थालगायत प्रशासनिक सुधारका कार्य गरेका थिए । 

तर, सन् १८१४-१८१६ को नेपाललाई विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा उनलाई फसाइयो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाइ जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनुपरेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो ।