close

मदिरा निषेधित क्षेत्र घोषणा गर्ने वडाध्यक्ष आफैं मातेर हिँडेपछि पक्राउ

मदिरा निषेधित क्षेत्र घोषणा गर्ने वडाध्यक्ष आफैं मातेर हिँडेपछि पक्राउ

Trulli
ADVERTISEMENT

कञ्चनपुर । मादक पदार्थ सेवन गरेपछि शुक्लाफाँटाको एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरालाई प्रहरीले पक्राउ गरि एक रात थुनामा राखेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडाध्यक्ष महरालाई सोमबार राति थुनामा राखी मंगलबार बिहान छोडिएको छ । उनलाई इलाका प्रहरी कार्यालय झलारीमा राखिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालयको अगाडि उपद्रो मच्चाइरहेको अवस्थामा वडाध्यक्ष महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले इप्रकाको गेटमा स्थानीसँग विवाद गरिरहेको भिडिओ पनि सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय चुनावमा पनि जितेका थिए । उनले आफ्नो वडालाई मदिरा निषेधित क्षेत्र पनि घोषणा गरेको बताइएको छ ।