close

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

Trulli
ADVERTISEMENT

लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । 
देउरालीडाँडा पहिरोले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरा हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो । 

शुक्रबार रातिदेखि पहिरोले उक्त सडक अवरुद्ध भएको थियो । नेपाली सेनाको श्रीजङग गण, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोड्ने उक्त सडक ढुङ्गामाटोसहितको लेदोका कारण अवरुद्ध भएको थियो । 

पहिरो हटाएसँगै दुई दिनदेखि जाममा फसेका सवारीसाधन सञ्चालनमा आएको सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए ।