close

स्याला गाउँका ५ घर पहिरोको उच्च जोखिममा

स्याला गाउँका ५ घर पहिरोको उच्च जोखिममा

Trulli
ADVERTISEMENT

रुकुम पस्चिम । आठबिसकोट नगरपालिका -८  मा गएराति पहिरो झरेपछि ५ घर उच्च जोखिममा परेका छन् । 

गएराति परेको भारी वर्षाका कारण गएको पहिरोले स्याला गाउँका बस्ती जोखिममा परेको आठबिसकोट नगरपालिका -८ का वडाध्यक्ष खगेन्द्र विकले जानकारी दिए ।

आठबीसकोट नगरपालिका–८, स्याला स्थित नाउला पानीबाट पहिरो झरेको हो । प्रहरीका अनुसार स्थानीय हरिबहादुर बुढा र भीमबहादुर बुढाको आगन पहिरो आइपुगेको छ । 

त्यसैगरी आठबिसकोट -७ मा रहेको गारा - सिम्तारा वस्ती पहिरोको उच्च जोखिममा परेको छ ।