close

वडाध्यक्षको बाइक प्रहरीलाई हस्तान्तरण

वडाध्यक्षको बाइक प्रहरीलाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

काभ्रे । तेपाल गाउँपालिकाले वडा नम्बर ३ मा रहेको पचुवारघाट प्रहरी चौकीलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । 

आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले पचुवारघाट चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक क्षेत्रबहादुर भण्डारीलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । 

प्रहरीले प्रदान गर्ने दैनिक सेवालाई छरितो बनाउँदै समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम हुने अपेक्षासहित प्रहरी चौकी पचुवारघाटलाई मोटरसाइकल हस्तान्तरण गरिएको अध्यक्ष तामाङले पालिका खबरलाई बताए । 

गाउँपालिका अध्यक्ष तामाङका अनुसार अघिल्लो कार्यकालका वडाध्यक्षले बाइक चलाए पनि नवनिर्वाचितहरू बाइक चलाउन नजान्नेहरू निर्वाचित भएका र बाइक नचाहिने बताएका कारण प्रहरी सेवा प्रभावकारी होस् भनेर हस्तान्तरण गरिएको हो ।  

कार्यक्रममा  वडा नम्रब-३ का वडाध्यक्ष विष्णुबहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृत केदार ढकाल पनि उपस्थित थिए ।