close

बुढीगंगामा नगरप्रमुख स्वरोजगार कार्यक्रम

बुढीगंगामा नगरप्रमुख स्वरोजगार कार्यक्रम

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीगंगा नगरपालिकाले नगरप्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

नगरभित्रका बेरोजगार युवाहरूलाई रोजगारी दिनका लागि नगरप्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख रामबहादुर बानियाँले बताए ।

उनले बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । युवाको रोजगारीका लागि खनिज खानीको अध्यायन तथा अनुसन्धान गरी खनिज खानीमा लगानी गरिने उनले बताए ।

नगरप्रमुख बानियाँले वार्षिक २०० जनालाई सीपमूलक तालिम प्रदान गरिने, सफल उद्यमीलाई १ देखि २ वर्षसम्मको कर छुट गरिने, मुख्य बजार क्षेत्रमा सीसीटिभी जडान गरिने, सामाजिक सुरक्षा भत्ता प्रत्येक वडामै गएर वितरण गरिने जानकारी दिए ।

त्यस्तै, शैक्षिक सुधारका लागि नगरभित्रका प्रत्येक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिने र त्यसका लागि प्रत्येक सामुदायिक विद्यालयमा एक/एक जना अंग्रेजी शिक्षकको व्यवस्था गर्ने, नगरभित्रका प्रत्येक माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था गर्ने बताइएको छ ।

गरिब, दलित र आर्थिक रुपमा पिछडिएकाहरुका लागि सेवा आश्रमको स्थापना गरिने, असहाय बृद्धाहरूका लागि बद्धाश्रम र घरेलु हिंसाबाट पीडित महिलाका लागि सेफहाउसको स्थापना गरिने पनि नगरप्रमुख बानियाँले बताए । 

नगरपालिकाले नगरबासीलाई स्वच्छ खोपानीको व्यवस्था गर्ने, ‘भ्रष्टाचार र अनियमितता शून्य सहनशिलता’ भन्ने नारालाई आत्मसात गर्दै प्रत्येक तीन महिनामा स्थानीय तहले गरेका राम्रा कामको सार्वजनिक समिक्षा गर्ने जस्ता नीति तथा कार्यक्रम ल्याएको छ ।