close

प्यूठानमा जीप दुर्घटना हुँदा एकको मृत्यु,१४ घाइते ​​​​​​

प्यूठानमा जीप दुर्घटना हुँदा एकको मृत्यु,१४ घाइते ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । 

शनिबार प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् ।

घाइते भएका १४ मध्ये ९ जनाको अवस्था गम्भीर भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय बासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको हो ।