close

आले हत्यामा सात आरोपित कारागार चलान

आले हत्यामा सात आरोपित कारागार चलान

Trulli
ADVERTISEMENT

काठमाडौं । गोरखा नगरपालिका–८  नयाँबस्तीका २० वर्षीय अनील आले हत्या आरोपमा सात प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकाल जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएसँगै उनीहरू उनीहरू कारागार चलान भएका हुन् । 

कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका–८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नं २ का १९ वर्षीय सुलभ रानामगर छन् ।

त्यस्तै धार्चे गाउँपालिका वडा नं ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका–४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका–८ का ४२ वर्षीय नरेश बुढामगर पनि आलेलाई कारागार चलान गरिएको छ ।