close

एम्बुलेन्सको ठक्करबाट मनहरि पालिकामा एकको मृत्यु

एम्बुलेन्सको ठक्करबाट मनहरि पालिकामा एकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । हेटौँडाको मनहरि गाउँपालिका–९ को खरङ्गामा एक पैदल यात्रीको मृत्यु भएको छ । 

हेटौँडाबाट मनहरितर्फ गइरहेको ना.२च ४१६१ नंको एम्बुलेन्सले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक सङ्खुवासभाकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।