close

बोदेबरसाइन नगरमा पानीमा डुबेर एक बालिकाको मृत्यु

बोदेबरसाइन नगरमा पानीमा डुबेर एक बालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ।

सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार बोदेबरसाईन नगरपालिका ८ काचनस्थित पोखरीमा डुबेर स्थानीय मिता राम दासकी ५ वर्षकी छोरी नन्दनी कुमारीको मृत्यु भएको हो। 

नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा शत्रुधन अस्पताल बोदेवरसाईनमा मृत्यु भएको उनले बताए।

सप्तरी प्रहरीले नाबालकलाई पोखरी, नाला तथा नदीहरुमा नुहाउन नदिन तथा एक्लै नछोड्न समेत आग्रह गरेको छ।