close

म्याग्दे गाउँपालिकामा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

म्याग्दे गाउँपालिकामा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए ।

उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।