close

प्रहरीद्वारा अचेत युवतीको उद्धार

प्रहरीद्वारा अचेत युवतीको उद्धार

Trulli
ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकको धार्मिक स्थल ठूलो दूधकुण्डमा दर्शनका लागि जाँदा बिरामी परेकी एक युवतीको उद्धार गरिएको छ । 

दुधकुण्ड नगरपालिका-१ स्थित धार्मिकस्थल दुधकुण्डको दर्शनका लागि गएकी काठमाडौं घर भएकी उनी लेक लागेर बिरामी भएपिछ प्रहरीले उद्धार गरेको हो । 

करिब ४ हजार ६०० मिटरको उचाइमा रहेको दूधकुण्डनजिकै लेक लागी अचेत अवस्थामा एक युवतीलाई सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो।

अचेत अवस्थामा रहेकी उनलाई दूधकुण्ड बेस क्याम्पमा प्राथमिक उपचार गरिएको, र उपचारपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ ।