close

सानीभेरी नदीमा अन्दाजी ३० वर्षीय एक युवकको शव फेला

सानीभेरी नदीमा अन्दाजी ३० वर्षीय एक युवकको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी नदीमा अन्दाजी ३० वर्षीय एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सानीभेरी गाउँपालिका–४ स्थित सानीभेरी नदीमा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको हो ।

सोतीका अनुसार नदीको बीचमा अड्किको अवस्थामा भेटिएको शव निकालिएको प्रहरीको भनाइ छ । मृतकको पहिचान भने खुलेको छैन । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।