close

१५ दिनभित्र खसीबजार हटाउन महानगरपालिकाको निर्देशन

१५ दिनभित्र खसीबजार हटाउन महानगरपालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै कंलकी खसीबजार हटाउन निर्देशन दिएको छ ।

महानगरले बिहीबार सूचना प्रकाशित भएको १५ दिनभित्रमा कंलकीमा रहेको खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो ।

भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयवासीहरूले सामूहिक उजुरी दिएका थिए ।

सोही अनुसार महानगरले वातावरणसम्बन्धी अध्ययन प्रतिवेदन एवं वडाबाट प्राप्त पत्र समेतको आधारमा उक्त स्थानमा खसी बजार हटाउन निर्देशन दिएको हो । 

१५ दिनभित्र नहटाए कानून अनुसार हटाइने महानगरपालिकाले सूचनामार्फत जनाएको छ ।