close

वडा सदस्य कार्कीको निधन

वडा सदस्य कार्कीको निधन

Trulli
ADVERTISEMENT

म्याग्दी । बेनी नगरपालिका-२ का निर्वाचित वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ ।  

नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको थियो । 

लामो समय स्थानीय सामुदायिक विद्यालयको व्यवस्थापन समितिको नेतृत्व गरेका कार्की भद्र, शालिन स्वभाव र निकै सहयोगी थिए ।  

माओवादीले क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा सिंगो पार्टी र समाजलाई ठूलो क्षति भएको भन्दै श्रद्धाञ्जली दिएको छ ।