close

इस्मा गाउँपालिकामा सामुदायिक वनमा एक महिलाको शव फेला

इस्मा गाउँपालिकामा सामुदायिक वनमा एक महिलाको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका– १ हस्तीचौर स्थित बसेनी सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।  गाईवस्तु चराउने क्रममा शनिबार स्थानीय वासिन्दाले शव भेटेर वडाअध्यक्षलाई खबर गरेका थिए ।

शव पहिचानका लागि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए ।

शरीरमा रातो चोलो लगाएको आधारमा शव महिलाको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष कुँवरले बताए । शवको पहिचान र थप अनुसन्धानको लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।