close

भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगको अनुरोध

भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय भूमिहीन आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन अनुरोध गरेको छ ।

आयोगले दोस्रो पटक सूचना प्रकासित सातै प्रदेशका विभिन्न स्थानीय तहका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेकाहरुलाई यस्तो अनुरोध गरेको हो । 

व्यक्तिले सूचना प्रकासित भएको ३५ दिनभित्र सम्बन्धित स्थानीय तह र वडा कार्यालयमा निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

आयोगले केही समयअघि सो विषयमा प्रथम पटक सूचना प्रकासित गरिएको थियो । तर विभिन्न कारण देखाउदै केही पालिकाले विवरण दिन नसकेको सो सूचनामा उल्लेख गरिएको छ ।

पहिले निवेदन पेस गरिसकेका व्यक्तिले पुन: निवेदन दिन नपर्ने जारी सूचनामा उल्लेख गरिएको छ । निवेदनको निस्सा लिन सम्बन्धित वडामा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ ।