close

चाँगुनारायाणका छात्रालाई सेनेटेरी प्याड

चाँगुनारायाणका छात्रालाई सेनेटेरी प्याड

Trulli
ADVERTISEMENT

काठमाडौं। चाँगुनारायण नगरपालिकाले विद्यार्थीलाई सेनिटरी प्याड वितरण गरेको छ ।

नगरपालिकाले एक कार्यक्रम आयोजना गरी नगरभित्रका सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको हो । 

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरीयतामा वृद्धि गर्ने र छात्राको पढाइ अवरोध हटाउनका लागि प्याड वितरण गरिएको पालिकाले जनाएको छ । 

नगरपालिकाको शिक्षा शाखाकाअनुसार नगरभित्र ३४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । कक्षा ५ देखि १२ सम्म अध्ययन गर्ने छात्रालाई प्याड वितरण गरिएको शिक्षा शाखाले जनाएको छ । 

शाखा प्रमुख वीरबहादुर खड्का अनुसार कक्षा ५ देखि १२ सम्म अध्ययन गर्ने एक हजार ५ सय ९७ जना छात्रालाई प्याड वितरण गरिएको हो ।