close

जातका नाममा हेपिएकाले पाए आफ्नै नाममा नागरिकता

जातका नाममा हेपिएकाले पाए आफ्नै नाममा नागरिकता

Trulli
ADVERTISEMENT

काठमाडौं । भगवतिमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामीले कविराम कामीको नामबाट नागरिकता प्राप्त गरेका छन् । 

पञ्चायत कालमा नागरिकतामा ‘कुकुर’ कामी नाम उल्लेख गरिएकोमा मंगलबार उनलाई जिल्ला प्रशासन कार्यालय दैलेखले कविराम कामीको नामबाट नागरिकता उपलब्धता गराएको हो । 

केही दिनअघि  गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अपमानजनक नामबाट वितरण गरिएका नागरिकता सच्याउन दिर्देशन दिएको थियो । 

नागरिकता ऐन, बमोजिम नागरिकतामा भएका सामान्य त्रुटि  प्रमुख जिल्ला अधिकारीलाई सच्याउने अधिकार बमोजिम दुवै जनाको नाम नागरिकतामा परिवर्तन गरीएको प्रजिअ प्याकुरेलको भनाइ छ।

उनीहरू दुवै जनाको पुरानो नागरिकता जिल्ला प्रशासनमा राखेर नयाँ नागरिकता जारी गरिएको प्याकुरेलले बताए।

यस्तै, सोही गाउँपालिकाका ठगे कामीले पनि सम्मानजनक नामबाट नागरिकता प्राप्त गरेका छन् । गृहको निर्देशनबमोजिम उनीहरुलाई सम्मान जनक नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।