close

महाअभियोग सिफारिस समितिले जबरालाई भदौ १५ गते सोधपुछ गर्ने

महाअभियोग सिफारिस समितिले जबरालाई भदौ १५ गते सोधपुछ गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ ।

बुधबार (आज) बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका रामबहादुर विष्टले जानकारी दिए ।

महाअभियोग सिफारिस समितिले जबरालाई १५ भदाैको बिहान ११ बजे साेधपुछका लागि बोलाउनेछ । त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ ।