close

तीजको नाच हेर्न गएका युवाबीच झडप हुँदा वीरेन्द्र नगरपालिकाका एक युवकको मृत्यु

तीजको नाच हेर्न गएका युवाबीच झडप हुँदा वीरेन्द्र नगरपालिकाका एक युवकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । सुर्खेतको वीरेन्द्र नगरपालिकामा झडपमा परी एक युवाको मृत्यु भएको छ । 

तीजको नाच हेर्न गएका युवाबीच भएको झडपमा परी सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको सुर्खेत प्रहरीले बताएको छ । जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार घाइते जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संलग्न युवाहरूको खोजी भइरहेको र जिसीलाई अस्पताल पुर्‍याउनेहरुसँग सोधपुछ गरिरहेको प्रहरीले बताएको छ ।