close

जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

Trulli
ADVERTISEMENT

बझाङ । जिपको ठक्करबाट बुधबार वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको मृत्यु भएको छ । 

केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए । 

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।