close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले (शनिबार बिहान) प्रदेश १, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती,  र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।  

आज राति पनि लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहनेछ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।